८ विश्वविद्यालयका उपकुलपतिका लागि १८९ जना उम्मेदवारको आवेदन स्वीकृत, ३० अयोग्य घोषित

समाचार अनुसार, ८ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ जना उम्मेदवारले आवेदन दिएका थिए, जसमा १८९ जनाको आवेदन स्वीकृत भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, ३० आवेदन अयोग्य ठहरिएका छन्। अब स्वीकृत भएका १८९ जनामध्येबाट उपकुलपति छनोटका लागि सर्टलिस्ट सार्वजनिक गरिनेछ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बुद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ गरी कुल २१८ जनाले आवेदन दिएका थिए। उपकुलपतिहरूलाई अध्यादेशमार्फत पदमुक्त गरिएको हुँदा रिक्त भएका पदहरूमा नयाँ उपकुलपति चयन प्रक्रिया सुरु गरिएको हो।

