
१५ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाका थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका छन्। समाचार एजेन्सी रोटर्सका अनुसार नेतान्याहुले प्रारम्भिक लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन्। इजरायलको यो कदमलाई अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरित मानिएको छ।
गाजा समुद्र तटको किनारामा सानो क्षेत्रमा सीमित भइसकेको छ। इजरायलले पहिले नै गाजा पट्टीको करिब ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाब कायम गरेको अनुमान गरिएको छ। सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरु भएको दुई वर्ष लामो इजरायली सैन्य अभियानका कारण सानो तटीय क्षेत्रको ठूलो भूमि खण्डहरमा परिणत भइसकेको छ।

