
कप्तान रोहित पौडेलसहित राष्ट्रिय टोलीका खेलाडीहरूले नेतृत्व गरेको सशस्त्र प्रहरी बल (एपीएफ) क्लब प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्न असफल भएको छ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपीएफले पाँच खेलमा चार हार बेहोरेको छ। कप्तान रोहित पौडेलले ५ खेलमा जम्मा ४९ रन मात्र बनाएका छन्। एपीएफको बलिङमा नन्दन यादव र अविनाश बोहराले सीमित अवसर पाएका छन्। १८ चैत, काठमाडौं। घरेलु क्रिकेटमा बलियो मानिएको राष्ट्रिय टोलीका पूर्व खेलाडीहरूले भरिएको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा निरन्तर हार बेहोरेको छ। बुधबार वीरगञ्जमा भएको खेलमा एपीएफ लुम्बिनी प्रदेशसँग पराजित भयो। एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी टोली १२४ रनमै रोकिन पुगेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा लुम्बिनीले दिएको १५ रनको लक्ष्य पछ्याएको एपीएफ केवल ६ रन बनाउँदै पराजित भयो। १९ वर्षे युवा क्रिकेटर सन्तोष यादवको बलमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित लोकेश बम र सन्दीप जोरा निरिह बन्न पुगे। राष्ट्रिय टोलीका खेलाडीहरू रहेको भए पनि एपीएफले जारी पीएम कप प्रतियोगितामा निरन्तर लय कायम गर्न सकेको छैन।
सुरुवाती खेलमा बागमती प्रदेशमाथि ७१ रनको जित निकाल्दा राम्रो सुरुवात गरेको एपीएफले दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १८५ रनले पराजित भएको थियो। तेस्रो खेल वर्षाका कारण रद्द हुँदा चौथो र पाँचौं खेलमा एपीएफ प्रदेशका दुई टोलीसँग हार बेहोरेको छ। घरेलु क्रिकेटमा प्राय विभागीय टोलीहरूको दबदबा हुन्छ। अधिकांश प्रतियोगितामा तीन विभागीय टोलीहरूले उपाधि जित्ने गरेको वातावरणमा प्रदेश टोलीहरूले उनीहरूसँग मुकाबला गर्न कठिनाइ भोगिरहेका छन्। तर, एपीएफ भने प्रदेशका टोलीहरूबाट लगातार पराजित हुँदै आएको छ। गण्डकी प्रदेशसँग ४३ रनले पराजित भएको एपीएफ लुम्बिनीको सुपर ओभरमा पनि पराजित भयो। एपीएफमा कप्तान रोहितसहित राष्ट्रिय टोलीका ओपनर आसिफ शेख, सन्दीप जोरा, लोकेश बम, नन्दन यादव, अभिनास बोहरा र कमलसिंह ऐरी रहेका छन्। यद्यपि, यस पटकको टोली प्रदेश टोलीसँग पनि हारिरहेको छ र पाँच खेलसम्म अधिकांश खेलाडीहरूले आवश्यक लय समात्न सकेका छैनन्। ओपनर आसिफले पहिलो खेलमा शतक बनाएका थिए, तर त्यसपछि सामान्य प्रदर्शन मात्र गरेका छन् र कुनै पनि खेलमा २१ भन्दा बढी रन बनाउन सकेका छैनन्। पाँच खेलमा कप्तान रोहितले कुल ४९ रन मात्र बनाएका छन्। बलिङतर्फ उनले ७ विकेट लिए पनि टिमले राम्रो प्रदर्शन गर्न सकेको छैन। सन्दीप जोरा र लोकेश बमको प्रदर्शन पनि असन्तोषजनक छ। सन्दीपले पहिलो खेलमा अर्धशतक बनाएका थिए, तर त्यसपछि निराशाजनक प्रदर्शन गरेका छन्। सन्दीपले ५ खेलमा कुल ११२ रन र लोकेशले ६० रन बनाएका छन्। बलिङतर्फ नन्दन यादव र अभिनास बोहराले सीमित अवसर पाएका छन्। नन्दनले २ खेलमा २ विकेट सहित ४९ रन दिएको छ भने अभिनासले ३ खेलमा ३ विकेट लिएका छन्। कमलसिंह ऐरीले पनि ५ खेलबाट ४ विकेट लिएका छन् र ६६ रन बनाएका छन्। युवा बलर युवराज खत्री र अभिषेक गौतमले पनि प्रदर्शन खासै प्रभावकारी बनाउन सकेका छैनन्। युवराजले ५ र अभिषेकले ६ विकेट लिए पनि अन्य खेलाडीहरू जस्तै खेलको लयमा छैनन्, जसले गर्दा टोली निरन्तर हारको सामना गरिरहेको छ। एपीएफको प्रदर्शनमा निरन्तर गिरावट प्रधानमन्त्री कपमा एपीएफको प्रदर्शन निरन्तर खस्किँदै गएको छ। कप्तानी रोहित पौडेलको नेतृत्वमा टोलीको प्रदर्शन कमजोर हुँदै गइरहेको छ। सन् २०२४ देखि रोहितले कप्तानी सम्हालेका छन्। उक्त सिजनमा एपीएफ पाँचौं स्थानमा रहँदा, अघिल्लो संस्करणमा तेस्रो स्थान प्राप्त गरिसकेको छ। यसपटक पनि सुरुवात राम्रो छैन। एपीएफले सन् २०२२ मा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग सफलतापूर्वक उपाधि जितेको थियो। सन् २०२१ मा आर्मीलाई पराजित हुँदा र २०१९ मा सेमिफाइनलबाट बाहिरिएको थियो। २०१८ मा उपाधि विजेता बनेर एपीएफले सन् २०१७ मा सेमिफाइनलबाट पन्छिएको थियो। पीएम कपमा सन् २०१७ मा ज्ञानेन्द्र मल्ल, २०१८ र २०१९ मा वसन्त रेग्मी, २०२१ र २०२२ मा शरदले टोलीको कप्तानी गरेका थिए। त्यसपछि रोहितले टोलीको नेतृत्व गर्दै आएका छन्।






