
प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषदमा महिला मन्त्रीहरूको संख्या ६ पुगिसकेको छ। गत चैत १३ गते गठन गरिएको सरकारले कानुन, कृषि, महिला बालबालिका तथा स्वास्थ्य मन्त्रालयमा महिला मन्त्रीहरूको नियुक्ति गरेको छ। प्रधानमन्त्रीको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छिन्।
काठमाडौं, २७ चैत। प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषदमा महिला मन्त्रीहरूको संख्या ६ पुगेको छ। गत चैत १३ गते नयाँ सरकारले गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहेता नियुक्त भएकी थिइन्। प्रधानमन्त्रीको सिफारिसमा आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छिन्।
नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। अहिले यस सरकारमा ३७ प्रतिशतभन्दा बढी महिलाले प्रतिनिधित्व गरिरहेका छन्।






