Skip to main content

नेपाली कांग्रेसका सांसद खड्काको लेखा समितिको सभापतिमा मनोनयन दर्ता

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन्। आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा खड्काले मनोनयन दर्ता गराएका छन्।

आज प्रतिनिधि सभाका संसदीय समितिमा मनोनयनको कार्यतालिका छ। प्रतिनिधि सभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ। उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन्।