
४ वैशाख, काठमाडौं । २५ वर्ष कैद सजाय पाउँदै आएको एक कारागारबाट फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भनिने यज्ञकुमार सापकोटा रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
२ चैत २०७७ मा बल्खुमा ३२ वर्षीया सन्तोषी श्रेष्ठलाई हम्मरको प्रहार गरी हत्या गरेको घटनामा सापकोटालाई दोषी ठहर गरिएको थियो। काठमाडौं जिल्ला अदालतले २९ भदौ २०७८ मा उनलाई जन्म कैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको थियो।
कैद भुक्तानी गरिरहेका उनी जनजागरण आन्दोलनको क्रममा २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका थिए। ललितपुरको हरिसिद्धबाट पक्राउ परेका सापकोटालाई पुनः कैद भुक्तानीका लागि सुन्धारा कारागार पठाइएको छ।






