
उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय रोमन बस्नेतको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई गएराति ठक्कर दिएको थियो। बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
उदयपुरकै अर्को समाचार अनुसार चौदण्डीगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आज बिहान भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ।






