Skip to main content

मालवाहक सवारीले तोकिएभन्दा बढी भार बोके कारबाही गरिने

यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनले तोकिएको भन्दा बढी भार बोकेको खण्डमा कारबाही गरिने जनाएको छ। आयातित सवारीसाधन भन्सार कार्यालय परिसरभित्र क्षमताअनुसार मात्र भार मिलाएर सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ। मालवाहकले प्रस्थान, मध्य तथा गन्तव्य नजिक तीन पटक तौल गराएर लोड सिटसहित राख्नुपर्ने र सीमा भन्दा बढी मालसामान हटाएपछि मात्र सवारी चल्न दिनुपर्ने स्पष्ट पारिएको छ।

१० वैशाख, काठमाडौं। मालवाहक सवारीसाधनले तोकिएको भन्दा बढी भार बोके कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रावधान अनुसार तोकिएको भन्दा बढी भार लिएर नहिँड्न सचेत गराएको छ। विभागका अनुसार आयातित सवारीसाधन ढुवानीका लागि भन्सार कार्यालय परिसरभित्र क्षमता अनुसार मात्र भार मिलाएर सञ्चालन गर्नुपर्नेछ।

मालवाहक सवारीले प्रस्थान बिन्दु नजिक, मध्यबिन्दु र गन्तव्य नजिकका तौलपुलमा अनिवार्य तीन पटक तौल गराएर लोड सिट सहित राख्नुपर्नेछ। सीमाभन्दा बढी भार बोकेको पाए कारबाही गरिनेछ र सीमा भन्दा बढी मालसामान हटाएर मात्र सवारी चल्न दिइनेछ। सीमाभन्दा बढी वस्तु व्यवस्थापन गर्ने जिम्मेवारी पनि सवारीधनीको नै हुनेछ, विभागले स्पष्ट पारेको छ।