Skip to main content

सुकुमवासीय आश्रममा पानी पस्यो

१५ वैशाख, काठमाडौं । सुकुमवासीहरू राखिएको कीर्तिपुरको राधास्वामी सत्संग आश्रममा पानी पसेको छ। काठमाडौं उपत्यकामा मंगलबार साँझ परेको वर्षा र हावाहुरीका कारण विस्थापितहरू थप प्रभावित भएका छन्। टहरामा केवल छानो मात्र रहेको छ र पर्खाल छैन। टेन्ट टाँटेर हावा छेल्नबाट बचाउन प्रयास गरिएको छ। तर, साँझ परेको ठूलो वर्षाले पानी पसेको छ। काठमाडौंको थापाथली, गैरीगाउँ, र मनोहरा क्षेत्रका सुकुमवासी बस्तीहरु गत शनिबार र आइतबार हटाइएको थियो। उनीहरूलाई कीर्तिपुरमा राखिएको छ।