Skip to main content

इरानले अमेरिकासँगको वार्तामा पाकिस्तानलाई आधिकारिक मध्यस्थकर्ता घोषणा गर्यो

इरानले अमेरिकासँग भइरहेको वार्तामा पाकिस्तानलाई आधिकारिक मध्यस्थकर्ता घोषणा गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तानलाई वार्तामा आधिकारिक मध्यस्थकर्ताको रूपमा पुष्टि गरेका छन्। उनले भने, ‘धेरै देशहरू यस विषयमा सहयोगका लागि तयार छन्, तर पाकिस्तान वार्ताका लागि आधिकारिक मध्यस्थकर्ता हो।’

इरानी विदेशमन्त्री अब्बास अराघचीको रूस भ्रमण पश्चात्, रूसले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने चर्चा चलेको छ। बकाईले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘यदि वार्ता गर्ने निर्णय गरिन्छ भने, हामी सबै कुराहरू पारदर्शिताका साथ सार्वजनिक गर्नेछौं।’ उनले इरान र रूसबीचको रणनीतिक साझेदारी र राजनीतिक, सुरक्षा तथा आर्थिक क्षेत्रहरूमा व्यापक सहयोगबारे पनि चर्चा गरेका थिए।

बकाईले रूस र चीनसँगको कूटनीतिक सहयोगका कारण इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘क्षेत्रका केही देशहरूको दुर्भावनापूर्ण क्रियाकलापहरू’ लाई सम्बोधन गर्न सफल भएको बताए। अब्बास अराघचीको रूस भ्रमणपछि, रूसले इरान र अमेरिकाबीच मध्यस्थकर्ता भुमिका निभाउने सम्भावना बढेको चर्चा चलिरहेको छ।