Skip to main content

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३४०० रुपैयाँले बढाएर २ लाख ९६ हजार १ सय रुपैयाँ कायम गरेको छ। चाँदीको भाउ पनि १३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ९२ हजार ७ सय र चाँदीको भाउ ४ हजार ८१० रुपैयाँ थियो। १८ वैशाख, काठमाडौं।

शुक्रबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यस्तै गत शुक्रबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको भाउ आज तोलामा १३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।