
काठमाडौं र ललितपुरका ५७ वटा मसाज सेन्टरमा प्रहरी छापा मारेर २५८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २४० महिला र १८ पुरुष रहेका छन्। प्रहरीले उनीहरूलाई अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। २० वैशाख, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरहरूमा छापा मारेको हो। पक्राउ परेकाहरूलाई अनैतिक क्रियाकलाप गरेको आरोप लागेको छ। प्रहरीले काठमाडौंको ठमेल, बौद्ध र ललितपुरका विभिन्न स्थानमा रहेका मसाज सेन्टरहरूमा छापा मारेर २४० महिला र १८ पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।






