Skip to main content

सुकुमवासी बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने निजी विद्यालयहरूको पहल घोषणा

प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले प्रभावित सुकुमवासी बालबालिकालाई निजी विद्यालयहरूमा नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन्। संयुक्त विज्ञप्तिमा प्रभावित क्षेत्रका बालबालिकालाई आवास र यातायातको व्यवस्थापनसहित सहयोग गर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहसँग समन्वय गरी शिक्षा निरन्तरता सुनिश्चित गर्न तयार रहेको भनिएको छ।

२० वैशाख, काठमाडौं। निजी विद्यालय सञ्चालकहरूले प्रभावित सुकुमवासी बालबालिकालाई नि:शुल्क रुपमा पढाउने निर्णय सार्वजनिक गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले संयुक्त विज्ञप्ति जारी गर्दै प्रभावित बालबालिकालाई नि:शुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित क्षेत्रका बालबालिकाहरूलाई सो क्षेत्रका निजी विद्यालयहरूमा नि:शुल्क पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकता अनुसार आवास र यातायातको व्यवस्थापन गर्ने जस्ता सहयोगात्मक उपायहरू प्रभावकारी रूपमा लागू गर्न सम्पूर्ण सरोकारवाला निकायहरू तत्पर छन्।’ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित र वास्तविक सुकुमवासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न आवश्यक सहयोग र सहजीकरणका लागि पनि तयार रहेको उल्लेख गरिएको छ।