Skip to main content

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

२१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न लगाइएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले प्रत्यक्ष रूपमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) पदमा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखदेखि तत्कालीन आईजीपी राजु अर्यालको सेवानिवृत्तिपछि पौडेलले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हालेका छन् ।