Skip to main content

चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली खेलाडीले चार स्वर्ण पदक जिते

चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले चारवटा स्वर्ण पदक जितेका छन्। नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार, भिजन तामाङले दुई स्वर्ण जितेका छन्। भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका छन् भने ४९ केजी तौलसमूहमा अर्को स्वर्ण पदक हात पारेका छन्।

आयुष बोहराले ब्रेकिङ इभेन्टमा स्वर्ण जित्दा व्यक्तिगत पुम्सेमा कास्य पदक पनि जितेका छन्। सन्दीप बस्नेतले ब्रेकिङमा स्वर्ण पदक प्राप्त गरेका छन्। प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो।