
२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणका लागि आग्रह गरेका छन्। स्रोतका अनुसार, प्रतिनिधिसभा सचिव राईले सोमबार सभामुखलाई स्पष्टीकरण बुझाइसक्नु भएको छ। सभामुख अर्यालले राईको कार्यशैलीमा उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै स्पष्टीकरण आह्वान गरेका हुन्। सांसदहरूलाई बोल्ने अवसर दिनुपर्नेक्रममा सचिव राईले पक्षपात गर्दै प्रस्ताव ल्याएको आरोप लगाइएको छ। सचिव राई यसअघि सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए। तत्कालीन सभामुख घिमिरेले २०८१ पुस १६ गते राईलाई सचिव पदमा नियुक्ति गर्न सिफारिस गरेका थिए। संविधानको धारा १०६ को उपधारा १ अनुसार सभामुखले सचिव पदमा नियुक्ति सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ।






