
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २३ वैशाखमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गल्फुटारस्थित निवासमा भेटवार्ता गरेका छन्। सभापति थापा उपसभापति विश्वप्रकाश शर्मासहित बिहान ११ बजे खड्का निवास पुगेका थिए र करिब साढे १ घण्टासम्म संवाद भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिएका छन्।
यसअघि मंगलबार साँझ हुने भनिएको नेतात्रीबीचको भेट अन्तिम समयमा स्थगित भएको थियो। सभापति थापाले ६ वैशाखमा पनि गल्फुटारमा खड्कासँग भेट गरेका थिए। तथापि, दुई नेताबीच भएको भेटवार्ताको विषयवस्तु अहिलेसम्म सार्वजनिक गरिएको छैन।






