
लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरूको जिम्मेवारी तोकेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव नियुक्त गरेको छ। जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव र अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ। २४ वैशाख, लुम्बिनी।
लुम्बिनी प्रदेश सरकारले आजको बैठकमा राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ। जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार अनिल मरासिनीलाई प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको छ।
बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न सङ्घ सरकारलाई सिफारिस गरेको छ। यसैगरी, ‘अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएको छ।






