Skip to main content

भक्तपुरमा २५ लाख भन्दा बढी मूल्यका गरगहना चोरी

भक्तपुरको चाँगुनारायण नगरपालिका–४, प्रगतिटोल क्षेत्रमा २५ लाख ७७ हजार रुपैयाँ बराबरको गरगहना र नगद चोरी भएको छ। चोरीमा संलग्न व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन्। २५ वैशाख, काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–४, प्रगतिटोल क्षेत्रमा २५ लाख रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको छ। सो क्षेत्रमा बसोबास गर्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीवार साँझ सुनका विविध गरगहना र नगद गरी करिब २५ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन्।