Skip to main content

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल निर्वाचित

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्ष पदमा शैलेश कँडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। निर्वाचन समितिले विनोद कुमार मानन्धरलाई प्रथम उपाध्यक्ष, दीपक शर्मालाई महासचिव, विजय खनाललाई सचिव र निर्मल रेग्मीलाई कोषाध्यक्ष चयन गरेको छ। कार्यसमितिमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन सदस्यको रूपमा चयन भएका छन्। २६ वैशाख, काठमाडौं।

शैलेश कँडेलको अध्यक्षतामा चयन भएको कार्यसमितिले रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय र नीतिगत पहलमा सक्रिय भूमिका निर्वाह गर्नेछ। निर्वाचन समितिले दिएको जानकारीअनुसार, कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।