Skip to main content

स्तानबुलबाट काठमाडौँ आउँदै गरेको टर्किस एयरलाइन्सको विमानमा आगलागी

२८ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको घटना भएको छ। दमकलको प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको छ। यो घटना आज बिहान पौने सात बजेदेखि भएको हो। स्तानबुलबाट आएको सो जहाज अवतरण गर्ने क्रममा यसको पाङ्ग्रामा आगो लागेको बताइएको छ। तत्कालै दमकलले आगो निभाइएको विमानस्थलका सुरक्षा स्रोतले जानकारी दिएका छन्। यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रुपमा उद्धार गरिएको छ भने उनीहरु सकुशल छन्। आगो लाग्नुको कारण र अन्य प्राविधिक अवस्थाबारे विमानस्थल स्रोतले अनुसन्धान गरिरहेको जनाइएको छ।