
२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही समयपछि सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, छिट्टै नतिजा सार्वजनिक गरिनेछ। विद्यार्थीहरूले बिहान ९ बजेसम्म नतिजा हेर्न सक्ने छन्। यसबेला परीक्षा बोर्ड बाहिर विद्यार्थी र अभिभावकहरूको भिडबाट वातावरण व्यस्त छ। परीक्षा बोर्डले अघि नै बैठक गरी नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। एसईई परीक्षा यस वर्ष चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका मूल्यांकन गरिएको हुँदा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो। यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीहरूले फारम भरेका थिए। नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा फारम भरेका थिए। विद्यार्थीहरूमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।
कसरी हेर्ने नतिजा? एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका –नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र) वेबसाइटबाट कसरी ? –आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np–नेपाल टेलिकम: www.see.ntc.net.np–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com–इडियु सञ्जाल: www.see.edusanjal.com–खल्ती: https://khalti.com/app






