Skip to main content

‘यो सरकारमा प्रधानमन्त्री छ कि छैन?’ – सांसद हर्क साम्पाङको प्रश्न

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेको विषयमा प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको उत्तर नदिनु जनताको प्रश्नको जवाफ नदिनुजस्तै भएको भन्दै यसलाई असक्षमतालाई संकेत गर्ने टिप्पणी गरे। साम्पाङले भारतले सीमा क्षेत्रमा गरिरहेको निर्माण कार्यबारे नेपाल सरकारलाई जानकारी दिएर वा बिना जानकारी गराएको हो कि भन्ने प्रश्न समेत उठाएका छन्। २९ वैशाख, काठमाडौं।

सांसद हर्क साम्पाङले मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सरकारले प्रधानमन्त्री भएको छ या छैन भन्ने पनि जानकारी माग गरे। उनी भन्छन्, ‘यो सरकारमा प्रधानमन्त्री छ कि छैन? यदि छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नु आवश्यक छैन?’ उनले थपे, ‘सांसदहरूको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो।’ उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्रीलाई असक्षम ठहरिने पनि उल्लेख गरे।

‘प्रश्नको उत्तर नदिनु भनेको असक्षमताको परिचायक हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम हुनु भएको हो?’ सांसद साम्पाङले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ। जनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न असमर्थ सरकारलाई हामी कसरी सफल भन्न सक्छौं?’ उनले भारतले सीमा क्षेत्रमा गरिरहेको निर्माण कार्यबारे पनि सरकारलाई प्रश्न गरे। ‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई जानकारी दिएर गरेको हो कि आवधिक छलेर गरिरहेको हो?’ उनले भने, ‘महाकाली नदीको तट क्षेत्रमा पारिपाट्टी भइरहेको निर्माणलाई उदाहरणका रूपमा लिन सकिन्छ।’