Skip to main content

रास्वपाबारे बादलको टिप्पणीः अस्थायी अराजक जमातहरूको गठजोड

२९ वैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा भ्रम र विरोधाभासको दर्शन भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन्। ‘रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड हो,’ बादलले भने।

उनले रास्वपाको दार्शनिक आधारलाई सारसंग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडेको बताएका छन्। ‘यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो,’ उनले भने। ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ,’ उनले थपे। ‘यो भ्रम र विरोधाभाषको दर्शन हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला हो।’