Skip to main content

प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण

प्रतिनिधि सभाको बैठक वैशाख ३० गते सुरु भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने बताएका कारण अर्थमन्त्री वाग्लेले जवाफ दिन लागेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वैशाख २८ गते संसदमा बाचन गरेका थिए र आजै पारित गर्ने तयारी गरिएको छ। ३० वैशाख, काठमाडौं। आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ।

यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भए पनि उनले जवाफ नदिने बताएका थिए। त्यसैले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिन लागेका हुन्। संसद सचिवालयले आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको जनाएको छ।