Skip to main content

दोस्रो खुला जुडो प्रतियोगिता आयोजना हुने

च्याम्पियन्स जुडो एकेडेमीले जेठ २३ गते दोस्रो खुला जुडो प्रतियोगिता आयोजना गर्दैछ। पुरुष तथा महिलाका लागि समान रूपमा २–२ गरी कुल ४ तौलसमूहमा खेल हुनेछ। प्रथम स्थानधारीले ५ हजार रुपैयाँ, दोस्रोले ३ हजार र तेश्रो स्थानधारीले २ हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

काठमाडौंमा २९ वैशाखमा आयोजित कार्यक्रममा च्याम्पियन्स जुडो एकेडेमीका निर्देशक सरोज महर्जनले प्रतियोगिताको बारेमा जानकारी दिएका छन्। पुरुष तर्फ ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा खेल हुनेछ भने महिलातर्फ ५७ केजीमुनि र ७८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विदेशी खेलाडीहरूको सहभागिताका लागि समेत व्यवस्था गरिएको छ। यो एकदिने प्रतियोगिता खुशिबुँस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स सेन्टर (एमएमएसी) को हलमा आयोजना गरिनेछ।