Skip to main content

सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय घेराउ गरे

सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय बुधबार घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा पीडितहरूले १६ सहकारीलाई समस्याग्रस्त घोषित गर्न माग गरे। उनीहरूले बचत फिर्ता दिलाउन दबाब दिएको तर कार्यालयमा बारम्बार ध्याकर्षण गर्दा पनि माग सम्बोधन नहुँदा आक्रोश प्रकट गरेका छन्।

३० वैशाख, काठमाडौं। सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा बुधबार उनीहरूले कार्यालय घेराउ गरेका हुन। देउराली सहकारीसहित अन्य सहकारी पीडितहरूले सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरी आफ्नो बचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दबाब दिएका छन्। बागमती प्रदेशमा रहेका १६ सहकारीलाई समस्याग्रस्त घोषणा गर्न उनीहरूले अनुरोध गरेका छन्। कार्यालयमा पटक-पटक ध्याकर्षण गर्दा समेत माग सम्बोधन नभएको भन्दै कर्मचारीसंग आक्रोश व्यक्त गरेका छन्।