
ब्राजिलले फिफा विश्वकप २०२६ का लागि ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। चोटका कारण लामो समय बाहिर रहेका नेयमारलाई पनि यस टोलीमा समेटिएको छ। टोलीमा गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड गरी विभिन्न खेलाडीहरू समावेश छन्।
३० वैशाख, काठमाडौं। ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। गोलरक्षकको सूचीमा एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन रहेका छन्। डिफेन्डरमा मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर इबानेज, एलेक्ससान्द्रो, फाब्रिसियो ब्रुनो, लुकास बेराल्डो, भितोर रेइस, मुरिलो, वेस्ली फ्रान्सा, डानिलो, पाउलो हेनरिके, भिटिन्हो, एलेक्स सान्द्रो, डग्लास सान्तोस, लुसियानो जुबा, काइओ हेनरिके, काइकी ब्रुनो र कार्लास अगस्टो समावेश छन्।
मिडफिल्डरको सूचीमा एन्ड्रियास परेरा, एन्ड्रे सान्तोस, ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो, एडर्सन, फाबिन्हो, गाब्रियल सारा, गर्सन, जोआओ गोम्स, लुकास पाक्वेटा र माथेउस परेरा रहेका छन्। फरवार्डमा एन्टोनी, एन्ड्रिक, गाब्रियल मार्टिनेली, गाब्रियल जिसस, इगोर जिसस, इगोर थियागो, जोआओ पेड्रो, काइओ जोर्जे, लुइज हेनरिके, माथेउस कुन्हा, नेयमार, पेड्रो, राफिन्हा, रायान, रिचार्लिसन, सामुएल लिनो र भिनिसियस जुनियर रहेका छन्।






