Skip to main content

बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ वैशाख, काठमाडौं । काभ्रे पल्याञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने सडक बन्द गरिएको छ। बीपी राजमार्गअन्तर्गत पर्ने यो खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको हो। नेपाल प्रहरीले जनाएअनुसार, आज साँझ ७ बजेसम्मका लागि यस खण्डमा सबै प्रकारका सवारी साधनहरूको आवागमन रोकिएको छ। बाढीका कारण वैशाख २१ गते साँझ ५ बजेदेखि नै विभिन्न स्थानमा सडकमा अवरोध देखिँदै आएको थियो।

त्यसैगरी, हुम्लाको हिल्सा–सिमकोट सडकखण्ड पनि अवरुद्ध छ। जिल्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकोले यहाँ आवागमन बन्द गरिएको हो। च्यादुक होटलदेखि च्याछरासम्म सडक खने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेका कारण यही जेठ २ गतेसम्म यातायात सञ्चालन रोक लगाइएको प्रहरीले जनाएको छ।