Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चीनले अमेरिकाबाट मासु आयात पुनः सुरु गर्न अनुमति दियो

Advertisement800×200-1

३१ वैशाख, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको क्रममा बेइजिङले १५ महिनापछि अमेरिकी मासुको आयात पुनः स्वीकृत गरेको छ। चीनले सयौँ अमेरिकी मासु प्रशोधन कम्पनीहरूलाई फेरि निर्यात लाइसेन्स प्रदान गरेको छ। यो निर्णय ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बैठकअघि आएको हो। सन् २०२० मा चीनले ३०० भन्दा बढी अमेरिकी कम्पनीहरूलाई मासु निर्यातको अनुमति दिएको थियो, तर मार्च २०२५ मा ती स्वीकृतिहरू नवीकरण गरिएको थिएन। यसलाई ट्रम्प प्रशासनको सुरुवाती भन्सार महसुलमा जवाफ स्वरूप हेरिएको थियो।

रिपोर्टहरूका अनुसार, नयाँ लाइसेन्सहरू सन् २०२९ सम्म फरक-फरक अवधिका लागि दिइएका छन्। यद्यपि यसले ठूलो मात्रामा खरीद हुने ग्यारेन्टी भने दिएको छैन, किनभने चीनले आयातका लागि कोटा प्रणाली अपनाउने गर्दछ। यस वर्ष अमेरिकाका लागि मासु आयात कोटा १.६४ लाख मेट्रिक टन तोकिएको छ, जबकि ब्राजिलका लागि ११ लाख मेट्रिक टन निर्धारण गरिएको छ।

ह्वाइट हाउसका एक अधिकारीले रोयटर्ससँग जानकारी दिँदै भने, सी र ट्रम्पबीच चीनमा अमेरिकी व्यवसायहरूको बजार पहुँच विस्तार गर्ने र अमेरिकामा चिनियाँ लगानी बढाउने, साथै अमेरिकी कृषि उत्पादनहरूको खरिद वृद्धि गर्ने विषयमा छलफल भएको छ। चाइना साउथ मर्निङ पोस्टका अनुसार, चीन अवतरण गर्नुअघि ट्रम्पले सामाजिक सञ्जालमा आफूले सीलाई चीन खोल्न आग्रह गर्ने बताएका थिए। आफूसँग आएका शीर्ष अमेरिकी व्यापारिक अधिकारीहरूको समूहलाई लक्षित गर्दै उनले भनेका थिए, ‘यी प्रतिभाशाली मानिसहरूले आफ्नो जादु देखाउन सकून् र चीनलाई अझ उच्च स्तरमा पुर्‍याउन सकून्’।


Advertisementadv-800×200.png

सम्बन्धित खबर