Skip to main content

नेकपा एमालेले संसद् बैठक बहिष्कार गर्यो

३१ वैशाख, काठमाडौं। सभामुख डीपी अर्यालले प्रतिनिधि सभा बैठक विवादास्पद रूपमा संचालन गरेपछि नेकपा एमालेले पनि बैठक बहिष्कार गरेका छन्। विपक्षी दलहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिनुपर्ने माग राखेका थिए। तर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका छन्। अर्थमन्त्री वाग्लेले जवाफ दिन थालेपछि नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका विपक्षी दलहरूले बहिष्कार सुरु गरेका थिए। केही समयपछि एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेसका सांसदहरू भने उभिएर विरोध जनाइरहेका छन्।