
मुम्बई इन्डियन्सले तिलक वर्माको अविजित ७५ रनको उत्कृष्ट पारीको मद्दतले पन्जाब किङ्सलाई लगातार पाँचौं पटक हारको सामना गरायो। पन्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्यो। मुम्बईका शार्दुल ठाकुरले ४ विकेट लिए भने पन्जाबका अजमतुल्लाह ओमरजाइले २ विकेट लिए।
तिलक वर्माले मात्र ३३ बलमा ७५ रन बनाएर मुम्बईलाई जित तर्फ मार्गदर्शन गरे। त्यससँगै रायन रिकेल्टनले ४८ रन जोडे भने रोहित शर्मा र विल ज्याक्सले समान २५-२५ रन बनाए। मुम्बईले पन्जाब किङ्सलाई लगातार पाँचौं पटक हराउने कीर्तिमान कायम गर्यो।
पन्जाबका लागि अजमतुल्लाह ओमरजाइले २ विकेट लिएका थिए भने अर्शदीप सिंह र युजभेन्द्र चहलले १-१ विकेट लिए। पहिले ब्याटिङ गरेको पन्जाबले टस हारेर २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो। ओपनर प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन जोडे। मुम्बईका लागि शार्दुल ठाकुरले ४ विकेट लिए भने दीपक चहरले २ विकेट लिए। मुम्बईले १२ खेलमा ८ अंक थपेको छ भने पन्जाबले लगातार पाँचौं हार व्यहोर्दै १२ खेलमा १३ अंकसहित चौथो स्थानमा रहेको छ।






