Skip to main content

फिफा विश्वकप २०२६ का लागि फ्रान्सले २६ सदस्यीय टोली घोषणा गर्‍यो

फ्रान्सले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ, जसको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन्। टोली चयन गर्दा प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीबीचको सन्तुलनलाई प्राथमिकता दिएका छन्। टोलीमा हालकै बालोन डी’ओर विजेता उस्मान डेम्बेले पनि समावेश छन्। आक्रमण लाइनमा माइकल ओलिसे, डिजिरे डुए, रायन चेर्की र मार्कस थुरामजस्ता खेलाडीहरू छन्। रक्षापंक्तिमा विलियम सालिबा, जुल्स कुन्डे, इब्राहिमा कोनाते र लुकास हर्नान्डेज रहेका छन्। मिडफिल्डमा अनुभवी एन’गोलो कान्टे, ओरेलियन चुआमेनी र एड्रियन राबियोले टोलीलाई बलियो बनाउनेछन्।

यस पटक एडुआर्डो कामाभिंगा र रान्डाल कोलो मुआनी टोलीमा परेका छैनन्, जुन केही आश्चर्यको विषय पनि बनेको छ। प्रशिक्षक डेसच्याम्पले टोली घोषणा गर्दै भने, ‘यो २६ उत्कृष्ट खेलाडीहरूको सुची मात्र होइन, टोलीको सन्तुलनलाई ध्यानमा राखेर तयार गरिएको समूह हो।’ फ्रान्सले विश्वकप अभियानको सुरुआत जुन १६ मा सेनेगलविरुद्ध गर्नेछ। त्यसपछि समूह चरणमा इराक र नर्वेसँग खेल्नेछ।