
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारीले क्रमशः पुरुष र महिला तर्फ उपाधि जितेका छन्। पोखरामा बिहिबार आयोजित समारोहमा उनीहरुलाई अवार्ड प्रदान गरिएको हो। प्रदीपले भलिबलका सञ्जुविक्रम शाह र जुडोका विक्रम टि खत्रीलाई पछि पार्दै यो उपाधि जितेका हुन्, जुन उनले दोस्रोपटक प्राप्त गरेका हुन्।
नारायणीले आर्चरीकी मोनिका राना र जुडोकी मनिषा तामाङलाई पछि पार्दै महिलातर्फको उपाधि जितिन्। उनीहरुले इलेक्ट्रिक स्कुटर पनि हात पारेका छन्। लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन टिका बहादुर बोगटीलाई प्रदान गरिएको छ भने पिपुल्स च्वाइस अवार्ड भलिबलका राजन दर्लामीले हासिल गरेका छन्। बोगटीलाई चाँदीको करुवा र ताम्रपत्रबाट सम्मान गरिएको छ।
उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी निभा राईले प्राप्त गरिन् भने उत्कृष्ट प्रशिक्षक अवार्ड एथ्लेटिक्सका सिद्धान्त अधिकारीलाई दिइएको छ। उत्कृष्ट खेलसंघको अवार्ड कास्की जिल्ला क्रिकेट संघले जितेको छ। मञ्चले ९ विधामा अवार्ड प्रदान गरेको थियो।






