Skip to main content

उमेश श्रेष्ठलाई नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनीत गरियो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षका रूपमा उमेश श्रेष्ठलाई मनोनीत गरिएको छ। पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विधानको धारा २१ को उपधारा (४)अनुसार मनोनयन गरिएको जानकारी दिएका छन्। १ जेठ, काठमाडौं।

उमेश श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष रहेका थिए। उनी पूर्व राज्यमन्त्री समेत हुन्। व्यवसायी रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन्। २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा जनजाती क्लस्टरबाट केन्द्रीय सदस्यको रूपमा निर्वाचित भएका उनी, पछिल्लो विशेष महाधिवेशनपछि केही दिनअघि पुनः केन्द्रीय सदस्य मनोनीत भएका थिए।