
२ जेठ, काठमाडौं। पछिल्लो २४ घण्टामा करिब दुई हजार २०० सवारी चालकहरू सवारी नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन्। यसबाट सरकारले २० लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मदिरा सेवन गरेर सवारी चालक गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेको १५५, सङ्केत बत्ती उल्लङ्घन गरेको १३७ र अत्यधिक गतिमा सवारी चलाएको १५२ चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारी पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७२ चालकलाई पनि कारबाही गरिएको छ।






