
नेपाली सेनाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत ‘रेन्जर’ नामक र्याप गीत सार्वजनिक गरेको छ। सेनामा ‘रेन्जर’ शब्दले तालिमप्राप्त विशेष लडाकुलाई जनाउँछ। तीन दिनअघि सार्वजनिक भएको यस गीतलाई आज मध्याह्नसम्म २६ हजारभन्दा बढीले हेरिसकेका छन्। गीतका शब्दहरू प्रताप मगरले लेखेका हुन्। बासुदेव धिमाल मुख्य निर्देशक र सिद्धार्थ मोक्तान सहायक निर्देशकको रूपमा काम गर्दैछन्।

