
धरान उपमहानगरपालिका–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल पाँच वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच विसं २०७७ साउन ४ गते सम्झौता भएको थियो। ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि पुल निर्माण कार्य रोकिएको छ र स्थानीयवासी जोखिम मोलेर खोलापार गर्न बाध्य छन्।
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँकै लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दा पनि तयार हुन सकेको छैन। पाँच वर्षअघि सम्झौता अनुसार यो पुल निर्माण सम्पन्न भइसकेको हुनुपर्ने भएता पनि हालसम्म काम अलपत्र छ, जसले गर्दा स्थानीय बासिन्दा र विद्यार्थीहरूले बर्खायाममा जोखिम मोलेर खोलो तर्नुपर्ने अवस्था झेलिरहेका छन्। पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच १ करोड २१ लाख ८६ हजार ८ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो।
धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माण क्रममा दुवैतर्फ पिलरहरू उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन। करिब ४० प्रतिशत काम भएको अवस्थामा अहिले पिलरहरू झाडीले ढाकिएको छ। उनले भने, ‘अरू संरचनात्मक कामहरू पूर्ण रूपमा अलपत्र छन्।’ पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या भइरहेको छ। बर्खा बेला खोलामा बाढी आएपछि स्थानीयवासी र विद्यार्थीहरू ज्यान जोखिममा पारेर खोला पार गर्न बाध्य छन्।
बिरामी परे अस्पताल पुग्न पनि कठिन हुन्छ। उनले भन्नुभयो, बाँसको अस्थायी पुल बनाइन्छ तर बाढीले बगाइदेछ। विशेषगरी यहाँका किसानहरूले उत्पादित उपभोग्य वस्तु धरान बजारसम्म पुर्याउन समेत समस्या भोग्नुपरेको बताइन्छ। त्यस्तै, विद्यार्थीहरूलाई पनि आवतजावतमा कष्ट भइरहेको छ भन्ने स्थानीयहरूले बताएका छन्। बर्खाको समयमा परीक्षाको बेलामा खोलामा बाढी आएर खोला तर्न सकिएन भने परीक्षा छुट्ने समस्या पनि उत्पन्न हुने वडाध्यक्ष लिम्बूले जनाए।

