Skip to main content

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध नेपोबेबीको आरोप

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोपसहित १६ वटा उजुरी परेको छ। उनीमाथि आजदेखि संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ। संसदीय सुनुवाइ समितिका एक सांसदले एक जनाले मात्र नेपोबेबी आरोप लगाएको र बाँकी उजुरी त्यस्तो नभएको बताए। ५ जेठ, काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ। उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ। यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन्। संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ। कतिपयले शर्माको योग्यता र क्षमतालाई पनि प्रश्न गरेका छन्। उनीविरुद्ध १६ वटा उजुरी परेको छ। ‘नेपोबेबीको आरोप एक जनाले मात्र लगाएका छन्। बाँकी त्यस्तो कुनै उजुरी छैन,’ सुनुवाइ समितिका एक सांसदले भने। कतिपयले समग्र न्यायपालिकाको गरिमाको विषय पनि उठाएका छन्।