Skip to main content

सिन्धुपाल्चोकको हेली रिसोर्टमा अपराध अनुसन्धान कार्यालयको टोलीको उपस्थितिका कारण

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको भोटेकाशी हेली रिसोर्टबाट केही डिजिटल उपकरणहरू बरामद गरेको छ। टोलीले करिब १५ दिन अघि रिसोर्टमा लुटिएको एक चिनियाँ महिलाको उजुरी अनुसार अनुसन्धान गर्न पुगेको एसएसपी सन्तोष खड्काले जानकारी दिए। ती महिलाले ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, डलर, आइफोन र ल्यापटप लुटिएको उजुरी दिएका थिए र रिसोर्टले सो सामग्री उपलब्ध नगराएपछि टोली त्यहाँ पुगेको छ। ६ जेठ, काठमाडौं।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोकको भोटेकाशी हेली रिसोर्ट एण्ड स्पा रिसोर्टमा पुगेर केही डिजिटल उपकरणहरू बरामद गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाको अपराध अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको उक्त कार्यालयले किन सिन्धुपाल्चोक पुगेको भन्ने विषयले चासो जन्माएको छ। घटनाबारे अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले एक चिनियाँ महिला लुटिएको घटनाको अनुसन्धान गर्न टोली पठाइएको बताएका छन्।

उनका अनुसार करिब १५ दिन अघि एक चिनियाँ महिलाले उक्त रिसोर्टमा आफू लुटिएको भन्दै अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकी थिइन्। ती महिलाले आफ्नो साथमा रहेको ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, केही डलर, आइफोन र ल्यापटप लुटिएको उजुरी दिएका प्रहरी स्रोतले जनाएको छ। विदेशी महिलाले उजुरी दिएपछि सोधपुछ गर्दै डिजिटल उपकरणहरू मागिएको भए पनि रिसोर्टले उपलब्ध नगराएको एसएसपी खड्काले बताए।

माग गरिएका सामग्री नपठाएपछि आफ्नो टोली त्यहाँ पुगेको उनको भनाइ छ। फागुनको अन्तिम साता रिसोर्टमा लुटिएको घटना भएको, तर रिसोर्टको व्यवस्थापनले कुनै सुनुवाइ नगरेको र समस्याको समाधान नभएपछि महिलाले बाध्य भएर उजुरी दिनु परेको प्रहरीको दाबी छ। करीब दुई महिना अघि भएको घटनामा झन्डै अबेर उजुरी आएको कारण भने रिसोर्टका कर्मचारीहरूले काम भइरहेको भनी झुक्याएको बताइएको छ। उक्त घटनाको अनुसन्धानका लागि आवश्यक सामग्री प्राप्त नभएसँगै बरामद गर्न टोली त्यहाँ पुगेको एसएसपी खड्काले बताएका छन्।