Skip to main content

काभा महिला भलिबल च्याम्पियनसिपका लागि आठ टोली तयार

काठमाडौँमा शुक्रबारदेखि काभा महिला भलिबल च्याम्पियनसिप आठ टोलीहरूको सहभागितामा शुभारम्भ हुँदैछ। नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग सम्पन्न गर्नेछ। नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले तयारी राम्रो रहेको बताइन्। साविक विजेता भारतकी कप्तान नन्दनाले उपाधि रक्षाका लागि प्रयास गर्ने बताए भने कजाखस्तानकी कप्तान नतालियाले उपाधि जित्ने लक्ष्य निर्धारण गरेकी छन्।

च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, कजाखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन्। सबै सहभागी टोलीहरूले प्रतियोगिताको लागि राम्रो तयारी गरेका छन् र उत्कृष्ट प्रदर्शन गर्ने उत्साह व्यक्त गरेका छन्। बिहीबार भएको प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपालको तयारी सशक्त रहेको र घरेलु कोर्टमा खेल्दा दर्शकहरूले राम्रो साथ दिने बताइन्।

उनले यो पहिलोपटक नेपालको कप्तानी गर्दैछिन्। टोलीमा अनुभवी र नयाँ युवा खेलाडीहरूको संयोजन उत्कृष्ट रहेको उल्लेख गरिन्। साविक विजेता भारतकी कप्तान नन्दनाले तयारी अवधि छोटो भएपनि प्रतिस्पर्धात्मक खेल हुने विश्वास व्यक्त गरिन्। यसपटक उपाधि रक्षाका लागि उनीहरूले विशेष प्रयास गर्ने बताइन्। कजाखस्तानकी कप्तान नतालियाले पनि दुई हप्ताको छोटो तयारी भएपनि उपाधि जित्ने लक्ष्य रहेको जानकारी गराइन्।