Skip to main content

कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति सारियो

९ जेठ, काठमाडौं। नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा केन्द्रित प्रदेश र स्थानीय तहस्तरीय भेलाको मिति परिवर्तन गरेको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार बिहान विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमको मिति परिवर्तन भएको जानकारी दिएका छन्। उनका अनुसार, अब यो कार्यक्रम १८ र १९ जेठमा आयोजना गरिनेछ। यसअघि १४ र १५ जेठमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ हुने तय गरिएको थियो।
दुलालले जारी गरेको विज्ञप्तिमा लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन हुनुको कारण खुलाइएको छैन। यस कार्यक्रम रूपन्देहीको तिलोत्तमामा गरिने उल्लेख गरिएको छ। कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पाँच प्रदेशहरूमा भेलाहरू सम्पन्न गरिसकेको छ भने शनिबार कोशी प्रदेशस्तरीय भेला सम्पन्न हुँदैछ।