Skip to main content

फिफा विश्वकप र मेजर लिग क्रिकेट सँगसँगै अमेरिकामा हुने

आगामी सन् २०२६ को जुन–जुलाई महिनामा अमेरिकामा फिफा विश्वकप र मेजर लिग क्रिकेट एकै समयमा आयोजना हुने भएका छन्। दुबै प्रतियोगिताको फाइनल खेल सन् २०२६ जुलाई १९ मा एकै दिन आयोजना हुने करार भएको छ। विश्वकपका खेल क्यालिफोर्नियाको लेभाइज रंगशालामा र क्रिकेटका खेलहरू ओकल्याण्ड कोलिसियममा हुनेछ। १२ जेठ, काठमाडौं।

आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकैसाथ सञ्चालन हुने भएका छन्। फिफा विश्वकप २०२६ चलिरहेका बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने हुँदा उत्तर अमेरिकामा खेलकुदको वातावरण थप रोमाञ्चक बन्नेछ। मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु भएर जुलाई १९ सम्म चल्नेछ। उक्त अवधिमा फिफा विश्वकप पनि जारी रहने भएकाले दुवै प्रतियोगिताबीच दर्शक, प्रायोजक र रंगशालाको प्रयोगमा प्रतिस्पर्धा देखिएको छ।

फिफा विश्वकप चार वर्षमा एकपटक आयोजित हुने र विश्व फुटबलको कुम्भ मेलाका रूपमा विचार गरिने भएकाले माहोल मुख्यतः फुटबलमै केन्द्रित हुने छ। यसको सबैभन्दा रोचक पक्ष जुलाई १९ मा देखापर्नेछ, जब फिफा विश्वकपको फाइनल र मेजर लिग क्रिकेटको फाइनल एकै दिन हुनेछ। मेजर लिग क्रिकेटको तालिकामा कुनै परिवर्तन नआएमा सोही दिन क्रिकेटको पनि फाइनल खेल हुने तय छ। दुवै प्रतियोगिता अमेरिकाको साँझको समयमा प्रसारण हुने भएकाले टेलिभिजन दर्शकहरूका लागि कडा प्रतिस्पर्धा हुनेछ।

साथै प्रायोजक कम्पनीहरूले आफ्नो लगानी दुई ठूला प्रतियोगितामा विभाजन गर्नुपर्ने अवस्था बनेको छ। आयोजकहरूले व्यवस्थापन सहज बनाउन खेलस्थलहरू फरक–फरक राखेका छन्। क्यालिफोर्नियाको सान्टा क्लारास्थित लेभाइज रंगशालामा विश्वकपका खेल हुनेछन् भने क्रिकेटका खेलहरू ओकल्याण्डस्थित ओकल्याण्ड–अलामेडा काउन्टी कोलिसियममा हुनेछन्। त्यहाँ मेजर लिग क्रिकेटका ११ खेल, प्लेअफ र फाइनलसमेत आयोजना गरिनेछ।