
२१ जेठ, काठमाडौं । नेकपा एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज सम्पन्न हुँदैछ । आज अन्तिम दिन समूह नेताहरूले आफ्ना समूहका निष्कर्षहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले ती प्रस्तुतिहरूमा टिप्पणी गर्दै पार्टीको तर्फबाट दिशा निर्देशिका प्रदान गर्नेछन्, यस सम्बन्धमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गरी कार्यशाला सम्पन्न गरिनेछ । एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ हिजोदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुरु भएको थियो । यस कार्यशालाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।






