खेलको ५०औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाएका छन्। यस खेलमा यो उनको व्यक्तिगत दोस्रो गोल हो। १३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार न्युजिल्यान्डविरुद्ध जारी खेलमा बेल्जियमले अग्रता दोब्बर बनाएको छ। खेलको ५०औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउन सफल भएका छन्। यो खेलमा यो उनले गरेको व्यक्तिगत दोस्रो गोल हो। यसअघि पनि बेल्जियमका लागि पहिलो गोल ट्रोसार्डले नै गरेका थिए। खेलको २८औं मिनेटमा उनले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए।

