
के एफबीआईले ९/११ आक्रमणमा साउदी ‘जासुस’ को संलग्नता देखाउने प्रमाण लुकाएको छ? ओमार अल-बायूमीले आफूलाई सधैं अतिवादी र साउदी जासुस नभएको दाबी गर्दै आएका छन्। तर २००१ को सेप्टेम्बर ११ का आक्रमणहरू हुनुअघि अमेरिकामा बस्दा उनको गतिविधि र अल-कायदाका नेता तथा साउदी अधिकारीहरूसँगको सम्बन्धबारे ताजा प्रमाण एक अनुसन्धानमा फेला परेको छ।






