काठमाडौंमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता, ग्लोबल ओपनमा पुग्ने लक्ष्यसहित १६ टोली प्रतिस्पर्धामा

पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनल्स २०८३ भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदैछ। ई–स्पोर्ट्स संघ नेपाल र पब्जी मोबाइलको संयोजकत्वमा हुने यस प्रतियोगितामा नेपाल, पाकिस्तान र बंगलादेशका १६ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट होरा ईस्पोर्ट्स, ट्रेन्ड टु किल, हिडन लिफ ईस्पोर्ट्स र दी गेमिङ ब्रोस्किस सहभागी हुनेछन्। प्रतियोगिताको पुरस्कार राशी ४० हजार अमेरिकी डलर राखिएको छ, र शीर्ष ३ टोलीले पब्जी मोबाइल ग्लोबल ओपन सिजन २ को मुख्य प्रतिस्पर्धामा स्थान पाउनेछन्।
नेपालमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (PMGSO) साउथ एसिया फाइनल्स २०८३ आयोजना हुँदैछ। ई–स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको सहकार्यमा हुने यस प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ। पीएमजीओ साउथ एसिया फाइनल्समा नेपालबाट ४ सहित जम्मा १६ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। यसमा नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४ गरी उत्कृष्ट १६ टोली छन्।
नेपालको होरा ईस्पोर्ट्स र पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्ट्सलाई सिधै प्रतियोगितामा आमन्त्रण गरिएको छ। यी दुई टोलीले केही महिनाअघि फ्रान्सको पेरिसमा भएको पब्जी मोबाइल विश्वकपमा समेत भाग लिएका थिए। थप रूपमा, पीएमएनसी पाकिस्तान फलबाट ७, पीएमएनसी बंगलादेश फलबाट ४ र पीएमएनसी साउथ एसियन फलबाट ३ टोलीहरू साउथ एसिया फाइनल्समा छनोट भएका छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ४०,००० अमेरिकी डलर छुट्टाइएको छ। नेपालबाट होरा ईस्पोर्ट्सका साथै ट्रेन्ड टु किल, हिडन लिफ ईस्पोर्ट्स र दी गेमिङ ब्रोस्किस पनि सहभागी छन्।
पीएमजीओ साउथ एसिया फाइनल्सबाट उत्कृष्ट शीर्ष ३ टोलीले पब्जी मोबाइल ग्लोबल ओपन सिजन २ को मुख्य प्रतिस्पर्धामा छनोट हुनेछन्, जुन अक्टोबरमा पाकिस्तानमा आयोजना हुनेछ। गत वर्ष उज्बेकिस्तानको तास्केन्तमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनर सिजन १ मा नेपालबाट दुई टोली सहभागी भएका थिए।






