Skip to main content

इरानी सेनाले दाबी गर्यो: अमेरिका फेरि इरानमाथि आक्रमणको तयारीमा छ

इरानी सेनाको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय राष्ट्रहरूको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमणको योजना बनाइरहेको सूचना प्राप्त भएको दाबी गरेको छ। खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा बीबीसी फारसी सेवा अनुसार भनिएको छ, ‘हाम्रा सूचनाहरूअनुसार अमेरिकाले एउटा युरोपेली देशमा सम्पन्न संयुक्त बैठकमा केही क्षेत्रीय राष्ट्रहरूको सहमतिमा इरान विरुद्धका करबाही पुनः सुरु गर्ने निर्णय गरेको छ।’ तर उक्त बैठकमा सहभागी अन्य राष्ट्र वा बैठक आयोजना गर्ने युरोपेली देशबारे मुख्यालयले थप जानकारी नगराएको छ।

मुख्यालयले क्षेत्रीय राष्ट्रहरूलाई चेतावनी दिँदै भनेको छ कि अमेरिकी आक्रमणमा ‘सहयोग’ गरेमा तिनीहरूलाई पनि यस कार्यको साझेदार मानिनेछ। त्यस्ता राष्ट्रहरूले इरानी सशस्त्र बलबाट संयम र शालीनताको अपेक्षा गर्न सक्दैनन् भनी चेतावनी दिइएको छ। साथै, खातम अल-अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकालाई चेतावनी दिदै भन्यो कि आक्रमण भएमा ‘क्षेत्रभित्र रहेका सबै अमेरिकी सैन्य अड्डाहरू कुनै प्रतिबन्ध वा विचारबिना इरानी आक्रमणको निशानामा पर्नेछन्।’