Skip to main content

ट्रम्पले ग्रिनल्यान्ड र डेनमार्कसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरे

संयुक्त राष्ट्रसंघको महासभा कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। महासभाको मुख्य सभाकक्षमा आफ्नो सम्बोधन सकिएपछि ट्रम्पले डेनमार्कका नेता र अर्धस्वायत्त क्षेत्र ग्रिनल्यान्डका प्रतिनिधिसँग उक्त सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘यो दीर्घकालीन र उत्कृष्ट सम्बन्ध हुनेछ।’
यसअघि ट्रम्पले ग्रिनल्यान्डलाई बलपूर्वक कब्जा गर्ने अभिव्यक्ति दिएका थिए, जसको विरोधमा युरोपेली देशहरूले विरोध जनाएका थिए। पछिल्लो समयमा अमेरिकी सेनाहरुको सुरक्षा व्यवस्था गर्न ग्रिनल्यान्डमा यो सम्झौता गरिएको हो। ग्रिनल्यान्ड डेनमार्कको अधीनस्थ भूमि हो।