Skip to main content

टेनिस पुरुष सिंगल्समा अभिषेक र प्रदीप दुवै दोस्रो चरणबाट बाहिरिए

काठमाडौं, १३ असोज । एसियन गेम्स अन्तर्गत टेनिसको पुरुष सिंगल्स प्रतिस्पर्धामा नेपालका अभिषेक बाँस्तोला र प्रदीप खड्का दोस्रो चरणबाट पराजित भइएका छन्। हिगाशियामा पार्क टेनिस सेन्टरमा सम्पन्न दोस्रो चरणको खेलमा अभिषेक कजाखस्तानका अलेक्जान्दर शेभचेन्कोविरुद्ध सोझो सेटमा हार बेहोरे। अभिषेकले दुवै सेट ६–२ को अन्तरले गुमाए। त्यस्तै, प्रदीप थाइल्यान्डका कासिदित सामरेजसँग ६–२, ६–२ को समान सेटमा पराजित भए। यसरी पुरुष सिंगल्समा अभिषेक र प्रदीप दुवैको यात्रा दोस्रो चरणमै समाप्त भएको छ।

तर पुरुष डबल्समा भने अभिषेक बाँस्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा प्रवेश गरिसकेको छ। पहिलो चरणमा मंगोलियाका बद्राख मुन्खबाटार र जोलबदार उर्नुखलाई पराजित गर्दै नेपाली जोडीले दोस्रो चरणमा स्थान बनाएको थियो।